वितरक गोपाल कायस्थ विरुद्द निखिलले हाले मुद्दा



nikhil-and-gopal
ठुलोपर्दा डटकम, काठमाण्डौ।
यहि शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘भैरव’ का निर्देशक, निर्माता एवं कलाकार निखिल उप्रेतीले निर्माता संघमा मुद्दा हालेका छन् । सुन्धारास्थित सिभिल महलमा रहेको क्यूएफएक्स सिनेमा हलबाट चलचित्र भैरव हटाइएको भन्दै उनले मुद्दा दायर गरका हुन् ।

Subscribe us on YouTube:-

चलचित्र भैरवलाई काठमाडौंमा वितरण गरेको गोपाल कायस्थको कम्पनी बीके फिल्मस्सँग स्पष्टिकरण मागेका हुन् । क्यूएफएक्समा प्रत्येक शो हाउसफुल भएपनि हलबाट भैरव हटाइएपछि निखिल आक्रोशित भएका थिए ।

उनले यसको जबाफ वितरक गोपाल कायस्थले दिनु पर्ने बताएका छन् । यसरी चलचित्रलाई एक्कासी चलचित्र हलबाट हटाएपछि निखिल र गोपाल कायस्थ बिच सम्बन्ध चिसिदै गएको अडकाल काट्न थालिएको छ । गोपाल र निखिल मिल्ने साथी समेत हुन् ।

गोपालले आफ्नो चलचित्र लुटेरा निखिललाई लिएरै निर्माण गरेका छन् । निर्माता संघका महासचिव केशब भट्टराईले मंगलबार वितरक गोपाल कायस्थलाई संघको कार्यालयमा डोकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu