राधे माँलाई सलमानले भित्र्याउने



radhee-maa-and-salman-khan
विभिन्न अस्लिल हर्कतहरुका कारण चर्चा र विवादमा तानिरहेकी सुखविन्दर कौर अर्थात राधे माँलाई बलीउडका सुपरस्टार सलमान खानले बिग बोस ९ को घरमा भित्र्याउने तयारी गरेका छन् ।

Click Here to Watch Entertaining Videos
भारतीय विभिन्न सञ्चारमाध्यमहरुले जनाए अनुसार राधे माँलाई ल्याउने तयारी भएपछि सलमान र राधे माँ बीच छलफल भइरहेको बताइएको छ । खबरका अनुसार बिग बोस ९ को घरमा श्वेता प्रसाद बसु, राहुल यादव, साना सइद, वीजे बानी, आशा नेगी, रश्मी देसाई सहभागी हुनेछन् । अहिले बिग बोसमा सहभागी हुन चाहनेहरुको अन्तिम छनौट कार्य भईरहेको छ ।

केहि महिनादेखी कलर्स च्यानलका निर्माता र सलमानबिच भएको छलफलपछि उनी बिग बोस ९ चलाउन इच्छुक भएका थिए । केहि दिन भित्रै एक औपचारिक कार्यक्रमका बीच बिग बोस ९ को जानकारी दिन लागेका सलमानलाई प्रत्येक शोबाट १० करोड मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu