नेपाली महिलाहरुले धुमधामका साथ मनाउने पर्व ‘हरितालीका तीज’को संघारमा नयाँ तीज गीतको भिडियो सार्वजनिक भएको छ । यम क्षेत्री र ऋतु लामाको स्वरमा रहेको ‘कम्मरै भाँचेर’ बोलको यस गीतलाई अमेरिकाको सिकागोमा छायांकन गरीएको हो ।
Click Here to Watch Entertaining Videos
छायांकन तथा निर्देशन देवेन्द्र क्षेत्रीको रहेको यस गीतम शुशिल पौडेल, बबि अधिकारी, बिष्णु दर्लामी लगाएतको अभिनय रहेको छ । भिडियोमा सिकागोमा रहेका नेपाली महिला तथा पुरुषहरुले रमाईलो गरिरहेका छन् ।
गीतमा प्रशान्त पौडेलका शब्द तथा देवेन्द्र क्षेत्रीको संगीत रहेको छ । ठुलोपर्दा मिडियाको प्रस्तुतीमा बनेको भिडियोलाई ओम प्रसाईले सम्पादन गरेका छन् ।
गीत हेर्नुहोस्: