माईकल ज्याक्सनको वर्ल्ड रेकर्ड तोडे अक्षय कुमारले



michale-jakson-&-Akshay-kumठुलोपर्दा डटकम। वलिउडका ‘एक्शन किंग’ मानिने अक्षय कुमारले अर्को एउटा किर्तिमानी राखेका छन्। उनले माईकल ज्याक्सनको एउटा गिनीज बुक अफ वर्ल्ड रेकर्ड तोडेका छन्। यो रेकर्ड सबैभन्दा ठुलो पोस्टर हो जुन अब अक्षय कुमारको नाममा आएको छ।

माईकल ज्याक्सनको भिडियो एल्बम ‘दिस इज इट’ को लागि जुन पोस्टर बनाईएको थियो त्यो नै हालसम्मको ठुलो पोस्टर थियो तर अब अक्षय कुमारको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बोस’को बनाईएको पोस्टर नै विश्वकै ठुलो भएको छ।

‘बोस’को लागि बनाईएको पोस्टरको लम्बाई ५४.९४ मीटर र चौडाई ५८.८७ मीटर रहेको छ। यो पोस्टर माईकल ज्याक्सनको भन्दा १५ प्रतिशत ठुलो छ। सो पोस्टरको लागि अफिसियल प्रमाणपत्र प्रदान गरिसकिएको छ। अक्षयले १५ अक्टुबरमा सो पोस्टर मुम्बईमा प्रदर्शन गर्ने तयारि गरेता पनि सुरक्षाको कारण देखाऐ कार्यक्रम रद्द गरिएको छ।

बॉलीवुड के खिलाड़ी का एक और कारनामा, तोड़ दिया माइकल जैक्सन का रिकॉर्ड

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu