विकास वोर्डले मातृभाषी चलचित्रको अभिलेख राख्ने



rajkumar-rai-at-tamang-fiest
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र विकास बोर्डले अब देखी आदिवासी जनजाति चलचित्रहरुको अभिलेख संकलन कार्य शुरु गर्ने भएको छ । बोर्डका अधयक्ष राजकुमार राईले आदिवासी जनजातिका मातृभाषामा निर्मित चलचित्रहरुको सही अभिलेख नहुँदा राज्यको आँखामा ती चलचित्रहरु पर्न नसकिरहेको बताउँदै अब चाडै बोर्डले यो कामको थालनी गर्ने जानकारी दिए ।

Click Here to Watch Entertaining Videos
काठमाडौंमा ‘२० औं तामाङ चलचित्र दिवस’को अवसरमा बोल्दै अध्यक्ष राईले मातृभाषी चलचित्रकर्मीहरूलाई प्रोत्सहन गर्ने नीति बनाउने आश्वासन पनि दिए । त्यसका लागि दर्ता प्रक्रिया, बीमा र सेन्सर शुल्कमा समेत पुनःविचार गरिने उनले बताए । मातृभाषी चलचित्रहरुको सेन्सर गर्दा सम्बन्धित भाषाका विज्ञको अनिवार्य व्यवस्था गरिएको जानकारी दिदै अध्यक्ष राईले हाल लाग्दै आएको शुल्कमा सहुलियत कसरी दिने भन्नेबारे छलफल भैरहेको समेत बताए ।

त्यस्तै कार्यक्रममा तामाङ चलचित्र संघले आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष जेनिश दोङले राज्यको विभेदकारी नीतिले पनि मातृभाषी चलचित्रकर्मीहरूको उत्साहलाई रोक्न नसकेको बताए । तामाङ भाषाको पहिलो चलचित्र सेमरी छोरङानको विक्रम सम्वत २०५३ साल भाद्र १६ गते पहिलो प्रदर्शनी भएको दिनको सन्दर्भ पारेर तामाङ चलचित्र संघले तामाङ चलचित्र दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu