भूकम्पले रोकिएको ‘दोख’ फेरी सुरु हुँदै



diya-maskey
ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख १२ गतेको भूकम्प पश्चात छायांकन रोकिएको चलचित्र दोख पुन फ्लोरमा जाने भएको छ । अनुप बरालले निर्देशन गरिरहेको यो चलचित्रको छायांकन भाद्र २६ बाट सुरु हुने बताईएको छ ।

Click Here to Watch Entertaining Videos
राजन कठेतको लेखन रहेको दोखले गाउँले परिवेश र जीवनशैली, द्वन्द्व र फुटबललाई बिषय बनाएको छ । यस चलचित्रमा माओत्से गुरुङ, लोकमणि सापकोटा, रोय श्रेष्ठ, दिवाज किराँती राई, राज थापा, सुरज मल्ल, केशव राई, दिया मास्के, सजन थापा मगर, किरण चाम्लिङ, अनोज पाण्डे, अविरल प्रताप अधिकारी, अमनप्रताप अधिकारी लगायतको अभिनय रहेको छ ।

चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, जेसन कुँवरको पार्श्र्व संगीत, शैलेन्द्रध्वज कार्कीको छायांकन रहेको छ भने अष्ट महर्जनको द्वन्द्व रहनेछ । ‘दोख’ का लागि लोकपप ब्याण्ड नेपथ्यले संगीत दिएको छ भने गायक अमृत गुरुङ्गले पहिलोपटक चलचित्रको गीत गाएका छन् । अस्ट्रेलियामा बसेर चलचित्र मेकिङको अध्ययन र काम पनि गर्दै आएका युवा सविन ज्ञवाली र मनोज अधिकारीले चलचित्र निर्माण गरेका हुन ।

ज्ञवालीले सिड्नीबाट चलचित्र मेकिङ अध्यन पुरा गरेर स्थानीय अस्ट्रेलियन टिमसँग काम गरिरहेका छन् भने अर्का निर्माता मनोज अधिकारीले चलचित्र ‘ऋतु’को निर्देशन गरेका थिए ।

साथै यसै चलचित्रको भिडियो ब्लग पनि सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu