‘लव सब सबैलाई मनपर्छ’



luv-sab-press-meet
ठुलोपर्दा डटकम, काठमाण्डौ।
भाद्र २५ गतेबाट देव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र लव सब यूूनिट अब प्रदर्शनको अन्तिम तयारीमा छ । प्रदर्शनमा आउन अब जम्मा ४ दिन बाँकी रहँदा चलचित्र यूनिटले पुन: काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको बारेमा जानकारी दिएको छ ।

Click Here to Watch Entertaining Videos
पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माताद्वय सुशिल पोख्रेल र नरेन्द्र महर्जनले चलचित्र लव सब कमेडी सगै सन्देश मुलक रहेको जानकारी दिए । निर्देशक देवकुमार श्रेष्ठले पनि चलचित्र लव सबलाई राम्रो बनाउँन कुनै कसरत बाँकी नराखेको बताएका छन् । त्यस्तै चलचित्रका कलाकार संमय पुरी, सलोन बस्नेत, करिश्मा श्रेष्ठ र शिशिर भण्डारीले पनि चलचित्रले दर्शकलाई भरपुर मनोरञ्ज दिने दाबी गरे ।

कमेडी लभस्टोरी चलचित्र ‘लव सब’ मा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिष्मा श्रेष्ठ, केके अधिकारी, अर्चना राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र लव सबमा सुशील पोखरेल र नरेन्द्र महर्जनको संयुक्त लगानी छ । कलाकार संयम पुरी चलचित्रमा एक लाटोको भुमिका निभाएका छन् भने सलोन बस्नेत र शिशिर भण्डारी भने कमेडी शैलीमा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu