महिलाको कथामा ‘भाले फाइट’



bhale-fight
ठुलोपर्दा डटकम, काठमाण्डौ।
मुनाल फिल्मस्को व्यानरमा निर्माण गरिएको तेस्रो चलचित्र ‘भाले फाइट’ असोज ८ गतेबाट देशव्यापी प्रदर्शनमा आँउने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र यूनिटले आइतबारबाटै प्रचार प्रसार पनि सुरु गरेको जानकारी दिएको छ ।

Click Here to Watch Entertaining Videos
चलचित्रमा रीमा विश्वकर्मा, बाबु बोगटी, सन्दिप क्षेत्री, मानबहादुर राई, जेनी शेर्पाको मुख्य भूमिका छ । भोजबहादुर गुरुङ कार्यकारी निर्माता रहेको चलचित्रले सफल पुरुषको पछाडि महिलाको भूमिका र योगदानको कथा प्रस्तुत गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माता भोजबहादुर गुरुङले चलचित्रले महिलाको कथा बोलेको जानकारी दिए ।

चलचित्रका निर्देशक अशोक राईले चलचित्रलाएई उत्कृष्ट बनाउँन कुनै कसरत बाँकी नराखेको दाबी गरे । कार्यक्रममा रीमा विश्वकर्मा, बाबु बोगटी, सन्दिप क्षेत्री लगायतका कलाकारहरु उपस्थित भएका थिए । कार्यक्रममा बोल्दै कलाकार बाबु बोगटीले चलचित्रको बिषयवस्तु निकै राम्रो भएको भन्दै चलचित्रसँग जोडिन पाउँदा खुशी लागेको बताए ।

नायिका रीमा विश्वकर्माले चलचित्रमा आफूले सक्दो मिहिनेत गरेको बताइन् । कलाकार सन्दिप क्षेत्रीले पनि आफ्नो भुमिका चलचित्रमा सशक्त रहेको बताए । भिषा राई, शर्मिला राई र मानबहादुर राई निर्माता रहेको यस चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, कमल राईको नृत्य र गणेश श्रेष्ठको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu