फ्राईडे रिलिज: ‘लव सब’सँग ‘धुन’



ठुलोपर्दा डटकम, काठमाण्डौ।
यस पटकको फ्राईडे रिलिजमा नेपाली दुई चलचित्र ‘लव सब’ र ‘धुन’ प्रदर्शनमा आएका छन् ।

Click Here to Watch Entertaining Videos
कमेडी लभस्टोरी चलचित्र ‘लव सब’ मा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिष्मा श्रेष्ठ, केके अधिकारी, अर्चना राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र लव सबमा सुशील पोखरेल र नरेन्द्र महर्जनको संयुक्त लगानी छ । कलाकार संयम पुरी चलचित्रमा एक लाटोको भुमिका निभाएका छन् भने सलोन बस्नेत र शिशिर भण्डारी भने कमेडी शैलीमा प्रस्तुत भएका छन् ।

lov-sab-1st-look

धुनमा जीवन लुईटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, उमावेवी लगायतका कलाकारहरुको अभिनय गरेको छ । चलचित्र ‘धुन’मा कृष्ण पौडेलको निर्देशन छ । चलचित्र मालती शाहको प्रस्तुतीमा तयार भएको हो । चलचित्रमा सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट तथा मधुसुदन ढकालको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu