भूकम्पपीडितको सहयोगार्थ हलीउड चलचित्र ‘एभरेष्ट’ को च्यारिटी हुने



Everest
काठमाडौंदेखि विश्वकै उच्च स्थान सगरमाथाको चुचुरोसम्मलाई चलचित्रमा कैद गरिएको हलीउड चलचित्र ‘एभरेष्ट’ को च्यारिटी शो गरिने भएको छ । बैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकमपमा परि ज्यान गुमाएका परिवारहरुको सहयोगार्थ च्यारिटी शोको आयोजना गर्न लागिएको आयोजक संस्था नेपाल माउन्टेनियरिङ एसोसियनले जानकारी दिएको छ ।

Click Here to Watch Entertaining Videos
च्यारेटीबाट उठेको रकम एसोसिएसनको ‘माउन्टेनियरिङ डिजस्टार रिलिफ एण्ड एडुकेसनल सपोर्ट’मा जानेछ । संकलित रकम सगरमाथा क्षेत्रमा ज्यान गुमाएका परिवारको बालबालिकाको शिक्षाका लागि खर्च गरिने आयोजकले जनाएको छ । यूनिभर्सले पिक्चर्सले निर्माण गरेको यो चलचित्रले सन् १९९६ मा सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका अमेरिकी आरोहीहरुको कथालाई उठान गरेको छ ।

बाल्टासुर कोर्माकुरले निर्देशन गरेको यो चलचित्रमा हलिउडका चर्चित कलाकारहरुले अभिनय गरेको देख्न सकिनेछ । चलचित्रमा जेसन क्लार्क, जोस ब्रोलिन, जोन हक्स, रोविन राइट, साम वार्थिङ्टनको मुख्य भूमिका छ । यसै बर्षको सेप्टेम्बर १८ मा यो चलचित्र प्रदर्शन हुदैंछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu