आर्यन र प्रियंका बने एनएफडिसीको सर्वोउत्कृष्ट नायक-नायिका



NFDC-2015
ठुलोपर्दा डटकम, काठमाण्डौ।
एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारको तेस्रो संस्करण ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१’को सर्वोउत्कृष्ट चलचित्रको अवार्ड चलचित्र ‘कबड्डी’ ले हात पारेको छ भने यसै चलचित्रका निर्देशक रामबाबु गुरुङ ‘प्रकाश’ सर्वोउत्कृष्ट निर्देशकबाट पुरस्कृत भएका छन् । त्यस्तै ‘शिव’ सर्वोउत्कृष्ट अभिनेतातर्फ चलचित्र ‘नोभेम्वर रेन’ बाट आर्यन सिग्देलले अवार्ड पाएका छन् भने ‘भुवन’ सर्वोउत्कृष्ट अभिनेत्री ‘सुन्तली’ बाट प्रियंका कार्की पुरस्कृत भएकी छिन् ।

Click Here to Watch Entertaining Videos
‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१’ मा ‘नीर’ सर्वोउत्कृष्ट सहअभिनेतातर्फ चलचित्र ‘हँसिया’ बाट अनुप विक्रम शाही र ‘वसुन्धरा’ सर्वोउत्कृष्ट सहअभिनेत्रीतर्फ चलचित्र ‘नोभेम्बर रेन’ बाट छुल्ठिम डोल्मा गुरुङले हात पारे । ‘विश्व’ सर्वोउत्कृष्ट नवअभिनेतातर्फ चलचित्र ‘उत्सव’ बाट संजोग कोइरालाले हात पारे भने ‘चैत्य’ सर्वोउत्कृष्ट नवअभिनेत्रीतर्फ चलचित्र ‘आभाष’ बाट आश्मा डिसी बन्न सफल भइन् । ‘चेतन’ सर्वोउत्कृष्ट लेखनतर्फ चलचित्र ‘नोभेम्वर रेन’ बाट छेतन गुरुङले हात पार्दा ‘मञ्जु’ सर्वोउत्कृष्ट छायाँकारको अवार्ड भने चलचित्र ‘जेरी’ का छायाँकार शैलेन्द्रध्वज कार्कीले उठाए ।

‘तुलसी’ सर्वोउत्कृष्ट सम्पादकतर्फ चलचित्र ‘आभाष’ बाट सुरेन्द्र पौडेलले अवार्ड उठाए भने ‘भुटानी’ सर्वोउत्कृष्ट द्वन्द्व निर्देशकको पुरस्कार चलचित्र ‘हँसिया’बाट राजकुमार उप्रेतीले हात पारे । त्यस्तै ‘शम्भुजीत’ सर्वोउत्कृष्ट संगीतकारको अवार्ड चलचित्र ‘नोभेम्वर रेन’ बाट ताराप्रकाश लिम्बुले हात पार्दा यसै चलचित्रबाट ‘तिमीलाई’ बोलको गीत मार्फत ‘उदित’ सर्वोउत्कृष्ट पार्श्र्व गायनको पुरस्कार युवराज चौलागाईंले पाए ।

‘वसन्त’ सर्वोउत्कृष्ट नृत्य निर्देशकको अवार्ड चलचित्र ‘हवल्दार सुन्तली’को ‘घण्टी बज्यो’बाट कविराज गहतराजले पाउन सफल भए भने ‘शुभ’ सर्वोउत्कृष्ट पार्श्र्व संगीतको पुरस्कार चलचित्र ‘तथास्तु’बाट रामजी लामिछानेले पाए । ‘प्रदीप’ सर्वोउत्कृष्ट ध्वनी पुनः मुद्रणतर्फ चलचित्र ‘मुखौटा’बाट उत्तम न्यौपाने पाउन सफल भए । त्यस्तै उक्त अवार्ड कार्यक्रममा ‘कुसुमे रुमाल’ सर्वोउत्कृष्ट व्यावसायिक चलचित्रको पुरस्कार ‘कोहिनूर’ लाई दिइएको छ भने ‘मह’ जुरी तर्फको पुरस्कारबाट चलचित्र ‘माला’ का निर्देशक सन्दिप भूपाल सिंहले पाउँन सफल भए । विजयरत्न तुलाधरलाई ‘पुष्कर’ चलचित्र पुरस्कारबाट सम्मान गरिएको थियो ।

शनिबार काठमाडौंको हायात होटलमा सम्पन्न ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१’ पुरस्कारमा सहभागी हुन नेपाली चलचित्रक्षेत्रका सयौ चलचित्रकर्मीहरु सहभागी भएका थिए । सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा भएको पुरस्कार समारोहमा भारतिय गायिका संजिवनी सहभागी थिइन् । कार्यक्रममा विभिन्न कलाकारहरुले आफ्नो नृत्य पनि प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu