तौल बढेपछि आमिरलाई सास फेर्न गाह्रो



Amir-and-gautam
बिग बोस ८ का विजेता समेत भइसकेका गौतम गुलाटीले एक सनसनीपुर्ण खुलासा गरेका छन् । उक्त खुलासा उनकै विषयमा भने पक्कै होइन उनले बलीउडका सुपरस्टार आमिर खानको विषयलाई लिएर सनसनीपुर्ण खुलासा गरेका हुन् ।

Click Here to Watch Entertaining Videos
उनले आफ्नो आधिकारी फेसबुकमा आमिर खानलाई सास फर्न गाह्रो भएको जानकारी दिएका छन् । अमिर खानसँग एक तस्विर लिदै गएको फोटो पोस्ट गर्दे गौतमलले यस्तो बताएका हुन् । फोटोमा आमिर खानको कपाल र दाह्री सेतै फुलेको देख्न सकिन्छ भने उनी केहि मुस्कुराएका पनि छन् । गौतमले आमिर खानलाई सास फर्न गाह्रो भइरहेको भनेर फेसबुकमा हालेपछि यति बेला आमरिलाई उनका फ्यानहरुले स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

खबरका अनुसार अहिले आमिर भारतको एक अस्पतालमा उपचार गराइराखेका छन् । आफ्नो नयाँ चलचित्र दंगलमा ३० केजी तौल बढाएपछि उनलाई सास फर्न गाह्रो भएको खबर पनि यति बेला चौतर्फी बाहिर आइरहेको छ । स्रोतले बताए अनुसार अहिले आमिरको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu