गर्भवती रानीको बाहिर आयो तस्विर



rani-preg'
निकै लामो समयपछि यति बेला समाचारका पान्नाहरुमा बलीउड अभिनेत्री रानी मुखर्जीको विषयमा समाचारहरु छापिरहेका छन् कारण हो उनी २०१६ मा आमा बन्दैछिन् । २०१६ को आगमनसँगै उनले आफ्नो कोखबाट एक नयाँ जिन्दगीलाई धर्तीमा टेकाउँदैछिन् त्यसैले पनि अहिले रानीको चर्चा बलीउडमा व्यापक छ ।

Click Here to Watch Entertaining Videos
हालसम्म रानीको गर्भावस्थाको तस्विर एउटा पनि सार्वजनिक भएको थिएन तर हालै एक तस्विर बाहिर आएको छ । रानी अहिले लन्डनमा आफ्ना पति आदित्य चोपड़ासँग छुट्टी मनाइरहेकी छिन् । सोहि क्रममा एक फ्यानले रानी एक मसाज सेन्टरबाट फर्कदै गरेको तस्विर कैद गरेपछि उक्त फोटो अहिले बलीउडमा भाइरल बनेको छ । खबरका अनुसार रानीको एक्सपेक्टेड डिलीवरी डेट जनवरी २०१६ को छ । आदित्य चोपड़ासँग रानीले जनवरी २०१५ मा ग्रीसमा गरेकी थिइन् ।

हालै सार्वजनिक एक तस्विरमा रानी एक फ्लोरल ड्रेसमा आफ्नो बेबी बम्पको साथमा देखिएकी छिन् भने उनको साथमा पति आदित्य चोपड़ापनि देखिएका छन् । हाल लन्डनमा रानी दैनिक जसो प्री-नेटल मसाज लिदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu