राजेश हमाल भन्छन्, ‘हामी त प्रकृतिका बोझ हौँ’



rajesh-hamal
ठुलोपर्दा डटकम, काठमाण्डौ।
अभिनेता राजेश हमालले प्राणीको सम्बन्ध प्रकृतिसँग सन्तुलित रहेपनि मान्छेसँगको सम्बन्ध एकदमै असन्तुलित रहेको बताएका छन् ।

Click Here to Watch Entertaining Videos
राजधानीमा असोज २ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आयोजना हुने सरसफाइ अभियानबारे बोल्दै हमालले भने ‘हामी प्रकृति सिध्याउन लागेका छौं। हामी त प्रकृतिका बोझ हौं।’ आधुनिकताका नाममा मानिसले वातावरणीय सन्तुलन बिगारेको उनको ठहर थियो । ‘हाम्रो इच्छाका लागि हामी जे मन लाग्छ त्यही गर्छौं। अलि अघिमात्रै सोचेको भए हामी यस्तो अवस्थामा आइपुग्ने थिएनौं’, हमालले अगाडी थपे -‘अब घरघरबाट फोहोर व्यवस्थापन अभियान थाल्नुपर्छ ।’

उपभोक्तावादी समाज र विचारले पृथ्वी संकटमा पार्ने मान्छेले जीवनशैली बदल्नै पर्ने उनको ठहर छ। ‘केराको बोक्रा जंगलमा फाले हुन्छ यो कुहिन्छ तर सहर र बाटोमा फाल्नु भएन। यही हो फोहोर व्यवस्थापन’, हमालले भने। वातावरणीय सन्तुलन कायम गर्न सबैको साझा पहल र प्रयास आवश्यक रहेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu