सलमानले रोजे आमिरका निर्देशक



aamir-khan-and-salman-khan
बलीउडको सफल चलचिचत्र ‘बडीगार्ड’का निर्माता अतुल अग्निहोत्रीले सलमान खानसँग अन्य चलचित्रहरु पनि गर्ने योजना बनाइराखेका छन् । यसै बीचमा सलमानले उनको एक चलचित्रमा काम गर्ने भएका छन् ।

Click Here to Watch Entertaining Videos
नाम नखुलाइएको चलचित्रलाई आमिर खान अभिनित चलचित्र गजनीका निर्देशक एआर मुरुगदासले निर्देशन गर्ने छन् । मुरुगदासले करिब ८ बर्ष पहिला दुईसय करोड कमाउँन सफल चलचित्र गजनी दर्शकहरुलाई पस्किसकेका छन्, जसमा उनले आमिर खानलाई एक्शन अवतारमा प्रसतुत गरेका थिए ।

यससँगै उनले अक्षय कुमारलाई लिएर होलिडे पनि बनाएका थिए जसले पनि सय करोड पार गरेको थियो । अब सलमान खानलाई निर्देशन गर्न लागेका मुरुगदासले उक्त चलचित्रको छायांकन २०१६ बाट सुरु गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu