मोडल क्वेस्ट शोमा बलिउड अभिनेत्री हेजेलको क्याटवाक



hejel-kic
ब्रिटिस मोडल तथा बलिउड अभिनेत्री हेजेल किच काठमाडौं आउँदैछिन् । आगामी ९ असोजमा राजधानीमा सम्पन्न हुने ‘मोडल क्वेस्ट इन्टरनेशनल नेपाल-२०१५’ मा बिशेष अतिथिको रुपमा ‘शोज टपर’को भूमिका निर्वाह गर्नर् काठमाडौं आउनेछिन् ।

Click Here to Watch Entertaining Videos
हलिउडको हृयारी पोर्टर सहित बलिउडको सलमान अभिनित बडिगार्ड सहित म्याक्सिमम्, तेल्गु फिल्म कृष्णम वान डे जगद गुरुम् सहित दर्जनौ फिल्म उनले खेलिसकेकी छिन् । फिल्म म्याक्सिमम्को आ अन्टे अमलापुरम्…को आईटम डान्सबाट चर्चा कमाएकी उनले यस पटक मोडल क्वेस्टमा क्वाटवाक गर्नेछिन् ।

आयोजक युहान इन्टरनेशलन इभेन्ट प्रालिका प्रबन्ध निर्देशक सानु खानका अनुसार झलक दिखला जा-६, बिगबोस-७, कमेडी सर्कस-२०१३ सहित विभिन्न कार्यक्रममा सहभागी भएर समेत कमाएकी हेजेल बि्रटेनकी टप मोडलमा पर्दछिन् । सोही कारण नयाा पुस्तालाई मोडलिङमा अबसरसँगै स्थापित गराउन आयोजना गर्न लागिएको मोडल क्वेस्टको बिशेष अतिथिको रुपमा उनलाई ल्याउन लागिएको पनि खानले जानकारी गराए । उनी ८ असोजमा काठमाडौं झर्नेछिन् । सोही साँझ उनले प्रेसलाई भेट्न तयारी भईरहेको आयोजक खानले बताए ।

९ असोज अपरान्ह ४ बजेबाट राजधानीमा सुरु हुने ‘मोडल क्वेस्ट इन्टरनेशनल नेपाल-२०१५’ उनी विशेष अतिथिको रुपमा र्‍याम्पमा उत्रने छिन् । यो प्रतियोगितामा युवा र युवती गरेर ५० जना प्रतियोगी छन् । उपाधि बिजेता मोडल क्वेस्ट घोषणा हुनुका साथै एकलाख नगद, म्युजिक भिडियोमा मुख्य मोडल सहित विभिन्न अवसर प्राप्त गर्नेछन् । यो कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले गरिरहेका छन् भने यस कार्यक्रमको परिकल्पनाकार साजिता श्रेष्ठ हुन् । कार्यक्रमको तयारी तिब्र रुपमा भईरहेको परिकल्पनाकार तथा युहान इन्टरनेशलनकी अध्यक्ष श्रेष्ठले बताईन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu