रिलेसनसिप नटिकेपनि म रोएर बस्ने यूवती होइन: कंगना



kangana-ranaut
बलिउडकी क्विन भनेर चिनिने नायिका कंगना रनोटले रिलेसनसिप नटिकेनको खण्डमा पनि आफु रोएर बस्ने यूवती नभएको बताएकी छिन् । एक अन्तरर्वार्ताको क्रममा उनले भनिन्, ‘रिलेसनसिप टिकेन भने म त्यही पीडामा त्यही युवक सम्झेर पिल्सिएर बसिरहने केटी हैन । मैले देखेकी छु, कति महिलाहरू त्यसबाट उम्कन सक्दैनन्। मलाई त बढीमा एक महिना। त्यतिन्जेलमा म त्यो सम्बन्ध बिर्सेर म नयाँ जीवनतर्फ लागिसकेकी हुन्छु।’

Click Here to Watch Entertaining Videos
कंगनालाई प्रेमी र प्रेम सम्बन्ध नै मन नपर्ने चाहीँ हैन । अहिले प्रेम सम्बन्धमा गाँसिन नचाहने कंगनाले भनेकी छन्, ‘तर जे कुरामा पनि हस्तक्षेप गर्ने प्रेमी भयो भने जिन्दगी कष्टपूर्ण हुन्छ। त्योभन्दा त बरु सिंगल हुनमै धेरै आनन्द । कम्तीमा तपाईं आफ्नो मनमौजी गर्न त पाउनुहुन्छ । कसैसँग डराइरहनुपर्ने जरुरतै पर्दैन।’ तर कंगना अहिले सम्म कसैको प्रेम सम्बन्धमा नपरेकी भने होइनन उनी एक वैज्ञानिक व्यक्तिसँग प्रेम गर्थिन जुन लामो समय टिक्न सकेन ।

आफ्नो बैज्ञानिक प्रेमीको विषयमा बोल्दै उनले भनिन् ‘ऊ प्रश्नमाथि प्रश्न गरिरहन्थ्यो, उसलाई दिएको सातआठ महिना बरु मैले निर्देशकलाई दिएकी भए एउटा राम्रो चलचित्रबाट आफूलाई राम्रो कलाकार प्रमाणित गर्न सक्थें । अहिले कंगना बलीउड अभिनेता रितिक रोशनसँगको प्रेम सम्बन्धमा रहेको कुरा पनि बाहिर आएको छ तर यसलाई उनले समय समयमा नकार्दै आइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu