वोर्डले ‘चलचित्र दिवस’ मनाउने



fdb-taja
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र विकास बोर्डले असोज १ गते ‘चलचित्र दिवस’ मनाउने भएको छ । असोज १ गते ११ बजे विहान चलचित्र विकास वोर्डको कार्यालयमा चलचित्र दिवस मनाउन लागिएको हो ।

नेपाली चलचित्रकर्मीहरुको सम्मान र नेपाली चलचित्रको स्तर उन्नतीका लागि विकास वोर्डले चलचित्र दिवस मनाउन लागेको हो । देशमा बर्षैनी भइरहने अन्य दिवशहरु झै अब प्रत्येक बर्ष चलचित्र विकास बोर्डले पनि चलचित्र दिवस मनाउने छ । चलचित्र दिवशको अवसरमा विकास बोर्डले विभिन्न व्यक्तिहरुलाई सम्मानका साथ साथै चलचित्र सम्बन्धी विशेष अन्तरक्रिया पनि आयोजना गर्दैछ ।

चलचित्र दिवश मनाउदा नेपाली चलचित्रक्षेत्रसँग सम्बन्धी सबै व्यक्तिहरुको मनोबल बढ्ने र चलचित्रक्षेत्रको केहि हदसम्म भएपनि विकास हुने भएका कारण असोज १ गतेलाई चलचित्र दिवस मनाउन लागिएको अध्यक्ष राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu