‘राई इज किङ्ग’ इजरायलमा, शुक्रबार संगीतमय हुँदै तेल-अविव



rajesh-payal-rai-in-israelठुलोपर्दा डटकम, इजरायल। वडा दशैँ बिशेष साँझको लागि चर्चित नेपाली गायक राजेश पाएल राई इजरायल आईपुगेका छन्। राईसँगै साझा फाउन्डेसनका अध्क्षय जितेन्द्र जि.सी. र कार्यक्रम संयोजक राधा आचार्य पनि यहाँ आउनुभएको छ।

अक्टुबर १८ तारिख शुक्रबार साँझ ८ बजे हुने दशैँ बिशेष साँझ रोमाञ्चक हुने विश्वास आयोजकले लिएको छ। कार्यक्रम साझा फाउन्डेसन द्धारा संचालित द्धन्द पिडितहरुको अप्रेसन अभियानको सहयोगार्थ गैह्रआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले आयोजना गरेको हो।

उक्त कार्यक्रममा उपस्थित भई सकेको सहयोग पुर्‍याउन इजरायलमा कार्यरत विभिन्न पेसा, व्यवसाय गरेर बसेका नेपालीहरुमा आयोजकले आग्रह गरेको छ। कार्यक्रम एभरेस्ट क्लब नयाँ बस स्टेसन (तखाना मर्काजित) तेल-अविवमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu