आर्यनको ‘टेम्पोररी माया’ (भिडियो)



aaryan-sushree
ठुलोपर्दा डटकम, काठमाण्डौ।
कात्तिक ३ गते फुलपातीबाट प्रदर्शन हुन लागेको चलचित्र ‘सुश्री’को ‘टेम्पोररी माया’ बोलको गीत सार्वजनिक गरिएको छ । भिडियोमा नायक सिग्देल र आशिका तामाङ देखिएका छन् ।

Click Here to Watch Entertaining Videos
बसन्त सापकोटाको शब्द र संगीत रहेको गीतमा बसन्त र एन्जिला रेग्मीले आवाज भरेका छन् भने शंकर विसीले कोरियोग्राफी गरेका छन् । आशिका फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको यस चलचित्रमा आर्यन सिग्देल, आशिका तामाङ, राजाराम पौडेल, मिश्री थापा, सुजना ढकाल, रवि प्रधान लगाएतको अभिनय रहेको छ । चलचित्रलाई आत्मराम थापाले निर्माण गरेका हुन् ।

चलचित्रमा बसन्त सापकोटाको संगीत, रामेश्वर कार्कीको छायांकन, शंकर वीसीको नृत्य, कुमार महर्जनको एक्सन रहेको छ । चलचित्रलाई लेखन र निर्देशन शिवम् अधिकारीले गरेका हुन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu