कंगनालाई झट्का, ‘कट्टी बट्टी’ले दिएन साथ



Kangana-and-imran-khan
बलीउडकी क्विन भनेर चिनिने नायिका कंगना रनोटलाई चलचित्र कट्टी बट्टीले साथ दिएन । क्विन र तनु विथ मनु रिटन्र्सको सफलतापछि कट्टी बट्टीमा देखिएकी कंगानाको यो चलचित्रले प्रदर्शनमा आएको पहिलो दिन कमजोर व्यापार गरेको छ ।

Click Here to Watch Entertaining Videos
चलचित्र कट्टी बट्टीले प्रदर्शनमा आएको दिन ५.२८ करोडको व्यापार गरेको हो । यस अघि कंगानाका प्रत्येक चलचित्रले प्रदर्शनमा आएको दिन २० करोड भन्दा माथिको व्यापार गर्न सफल भएका थिए । चलचित्र कट्टी बट्टीमा कंगनाको भुमिकालाई दर्शकहरुले मन पराएपनि व्यापारको हिसाबले भने कमजोर गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शुक्रबार चलचित्रले कमजोर व्यापार गरेपनि शनिबार र आइतबार भने राम्रो हुने बताइएको छ । यो चलचित्रमा कंगना रनावत र ईमरान खान लिड रोलमा छन् । यो चलचित्रलाई निखिल अड्भानीले निर्देशन गरेक हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu