कपिलको शोमा मोदी, कपिलको अहिलेसम्मकै ठुलो उपलब्धी



modi-kapil
लामो समयदेखी आफ्नो चर्चित शो ‘कमेडी नाइट विथ कपिल’मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लैजान विभिन्न कसरत गरेका भारतका चर्चित कमेडियन कपिल शर्मा सफल भएका छन् ।

Click Here to Watch Entertaining Videos
मोदीको ६५ औँ जन्मदिनको अवसर पारेर कपिललले आफ्नो शोमा उनलाई अथितीको भुमिकामा निमन्त्रणा दिएका थिए र सोहि अनुरुप मोदी पनि शोमा उपस्थित भएका थिए । उनले शनिबार मोदीसँग शो खिचिसकेका छन् । अर्को आइतबार साँझ ११ बजे मोदीसँगको विशेष कार्यक्रम कलर्स टेलिभिजनबाट प्रशारण हुनेछ ।

कपिलले मोदीलाई आफ्नो शोमा लगेपछि उनको चर्चा फेरी एक पटक चुलिएको छ । खबरका अनुसार कपिलको एउटा सपना समेत पुरा भएको छ । कपिलले केहि दिन अगाडी क्यानडामा गरेको शोमा विदेश मन्त्रीसमेत उपस्थित भएपछि भने उनले आफ्नो शोमा नरेन्द्र मोदी बोलाउने निर्णय गरेका थिए । बलीउडका चर्चित हस्तीहरुले सहभागीता जनाइसकेको कमेडी नाइट विथ कपिलमा मोदीले आफ्नो सबैभन्दा उत्कृष्ट कमेडी शो कपिलको नै रहेको शोमा बताएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu