‘सुब्बा साब’मा जीवन



Subba-Sab-Jiwanठुलोपर्दा डटकम, भैरहवा।
शुभ सक्षम म्यूजिक प्राली र आशुतोष फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘सुब्बा साब’मा नायक जीवन लुईँटेल भित्रिएका छन् । भैरहवामा भइरहेको छायांकनमा नायक लुईँटेलले वुधबार चलचित्रमा आफ्नो पहिलो सट दिएका छन् ।

Click Here to Watch Entertaining Videos
५० प्रतिशत भन्दा बढि छायांकन सकिएपछि यस चलचित्रमा जीवन देखिएका हुन् । राजु अधिकारीले निर्देशन गरिरहेको चलचित्रमा नायक सरोज खनाल मुख्य भुमिकामा रहेका छन् । जीवन अर्याल, कुलचन्द्र पाण्डे, रामबहादुर कोइरीको लगानीमा बन्न लागेको यो चलचित्रमा गौरी मल्ल, जीवन लुइटेल, गणेश उप्रेती, बर्षा सिवाकोटी, रामचन्द्र अधिकारी, सुवास गजुरेल आदिको मुख्य भूमिका रहनेछ ।

निर्देशकका अनुसार चलचित्रले गाउँमा बसेर सुब्बाको जागिर खाने एक पात्र र शहरमा बस्ने उनका सन्तानले उनलाई गर्ने व्यवहारलाई देखाउनेछ । चलचित्रमा हिरामणी न्यौपाने कार्यकारी निर्माता हुन् । उनैको कथा, संगीत चलचित्रमा रहनेछ । मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको यस चलचित्रलाई पवन गौतमले खिचिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu