तीन नेपाली चलचित्रसँग दुई हलीउड चलचित्र



ठुलोपर्दा डटकम, काठमाण्डौ।
आज शुक्रबार तिन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् भने दुई हलीउड चलचित्र मिसिएका छन् । तीन नेपाली चलचित्रमा ‘कामचोर’, ‘भाले फाइट’ र ‘चंखे शंखे पंखे’ रहेका छन् भने हलीउडमा नेपाली कलाकार राजबल्लभ कोइराला अभिनित चलचित्र ‘हाइवे टु धम्पुस’ र नेपालमा खिचिएको हलीउड चलचित्र ‘एभरेष्ट’ रहेको छ ।

Click Here to Watch Entertaining Videos
नेपाली चलचित्र कामचोर भने मोफसलमा मात्र प्रदर्शन हुँदैछ । राजधानी भित्र असोज १५ गते प्रदर्शन गर्ने गरि कामचोर यूनिटले विहिबार मात्र मोफसलमा चलचित्र प्रदर्शन गर्ने निर्णय गरेको थियो । यस चलचित्रमा हर्षिका श्रेष्ठ, पुस्कर रेग्मी, रबिन्द्र बस्नेत, एवन उप्रेती, काजल खनाल, अप्सना थापा, रोहन श्रेष्ठ, बालदिप राई, रबिना दास लगायतका कलाकारको अभिनय रहेको छ भने नायिका सगुन शाहीको विशेष भुमिका रहेको छ । अभिमान सिं बस्न्यातको प्रस्तुतिमा प्रमोद गौचनको लगानी रहेको यस चलचित्रमा भरत सिटौलाको संगीत रहेको छ । चलचित्रको छायांकन तथा लेखन निर्देशक स्वयंको रहेको छ । निर्देशक श्रेष्ठले नौ बर्षसम्म सिनेमाटोग्राफीमा काम गरेपछि यसै चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् ।
kaamchor
शुक्रबार प्रदर्शनमा आएको चलचित्र ‘भाले फाइट’ मुनाल फिल्मस्को व्यानरमा निर्माण भएको हो । चलचित्रमा रीमा विश्वकर्मा, बाबु बोगटी, सन्दिप क्षेत्री, मानबहादुर राई, जेनी शेर्पाको मुख्य भूमिका छ । भोजबहादुर गुरुङ कार्यकारी निर्माता रहेको चलचित्रले सफल पुरुषको पछाडि महिलाको भूमिका र योगदानको कथा प्रस्तुत गरेको छ । चलचित्रलाई अशोक राईले निर्देशन गरेका हुन् ।
bhale-fight-1
शुक्रबार प्रदर्शनमा आएको हलीउड चलचित्र हाइवे टु धम्पुस नेपालको धम्पुस, पोखरा, काठमाण्डौ र अमेरिकामा छायांकन गरिएको चलचित्र हो । यस चलचित्रमा नेपाली नायक राजबल्लभ कोइरालासँगै सुएसा राणा, सुनिल श्रेष्ठ, देशभक्त खनाल, सायुस गुरुङ बज्राचार्य लगायतका नेपाली कलाकारहरुले पनि अभिनय गरेका छन् । साथै सो चलचित्रमा रिचेल हर्डवुड, गार्नर राइट, सोफी म्याकसेसी, भिन्जेन्स किएराको मुख्य भूमिका छ । ‘हाइवे टु धम्पुस’मा बिग्रिएकी ब्रिटिस राजकुमारी नेपाल भ्रमणमा आएपछि उसको जीवनमा आँउने परिवर्तनलाई मुख्य विषय बनाइएको छ । चलचित्रमा नायक राजबल्लभ कोइराला पाइलटको भूमिकामा देखिएका छन् । चलचित्रलाई रिक म्याकफारलान्डले लेखन तथा निर्देशन गरेका हुन् ।
highway-to-dhampus
यि चलचित्रसँगै प्रदर्शनमा आएको अर्को हलीउड चलचित्र एभरेष्टमा काठमाण्डौदेखि विश्वकै उच्च स्थान सगरमाथाको चुचुरोसम्मका दृश्यहरु कैद गरिएको छ । यूनिभर्सले पिक्चर्सले निर्माण गरेको यो चलचित्रले सन् १९९६ मा सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका अमेरिकी आरोहीहरुको कथालाई उठान गरेको छ । बाल्टासुर कोर्माकुरले निर्देशन गरेको यो चलचित्रमा हलिउडका चर्चित कलाकारहरुले अभिनय गरेको देख्न सकिनेछ । चलचित्रमा जेसन क्लार्क, जोस ब्रोलिन, जोन हक्स, रोविन राइट, साम वार्थिङ्टनको मुख्य भूमिका छ ।
Everest

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu