राजधानीमा ‘हाइवे टु धम्पुस’को प्रिमियर



highway-to-dhampus-premer-1
ठुलोपर्दा डटकम, काठमाण्डौ।
आजबाट नेपाली कलाकारहरुले पनि अभिनय गरेको हलीउड चलचित्र ‘हाइवे टु धम्पुस’ प्रदर्शनमा आएको छ । नेपाली नायक राजबल्लभ कोइराला अभिनित यस चलचित्रको विहिबार राजधानीमा रहेको क्यूएफएक्स कुमारी हलमा प्रिमियर गरिएको छ ।

Click Here to Watch Entertaining Videos
प्रिमियर शोमा नायक राजबल्लभ र चलचित्रका निर्देशक रिक म्याकफारलान्ड, अमेरिकी दुतावासका साँस्कृतिक विभागका कर्मचारीहरु, आइसफल प्रोक्शनका रामकृष्ण पोखरेलम‍, नेपाल पर्यटन बोर्डका सदस्यहरु लगाएतका उपस्थिती थिए । चलचित्र हेरिसकेपछि उपस्थित चलचित्रकर्मी तथा पत्रकारहरुले चलचित्रको खेलेरै प्रशंसा गरेका थिए ।

नेपालको धम्पुस, पोखरा, काठमाण्डौ र अमेरिकामा छायांकन गरिएको यस चलचित्रमा नेपाली नायक राजबल्लभ कोइरालासँगै सुएसा राणा, सुनिल श्रेष्ठ, देशभक्त खनाल, सायुस गुरुङ बज्राचार्य लगायतका नेपाली कलाकारहरुले पनि अभिनय गरेका छन् । साथै सो चलचित्रमा रिचेल हर्डवुड, गार्नर राइट, सोफी म्याकसेसी, भिन्जेन्स किएराको मुख्य भूमिका छ ।
highway-to-dhampus-premer-2

‘हाइवे टु धम्पुस’मा बिग्रिएकी ब्रिटिस राजकुमारी नेपाल भ्रमणमा आएपछि उसको जीवनमा आँउने परिवर्तनलाई मुख्य विषय बनाइएको छ । चलचित्रमा नायक राजबल्लभ कोइराला पाइलटको भूमिकामा देखिएका छन् । चलचित्रलाई रिक म्याकफारलान्डले लेखन तथा निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu