चिनियाँ नायक जियाङ नेपालमा, पोखरा पुगेर चडे अल्ट्रालाइट र प्याराग्लाईडिङ



xian
बैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पपछि विदेशी भूमीका पर्यटकहरुलाई नेपाल असुरक्षित छ भन्ने भ्रम चिर्न र पोखराको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले चिनियाँ नायक जियाङ पोखरा पुगेर काठमाडौं आएका छन् ।

Click Here to Watch Entertaining Videos
विहिबार विहान पोखरा पुगेका उनले अल्ट्रालाइट र प्याराग्लाईडिङको आनन्द लिएका थिए । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष पोमरारायण श्रेष्ठका अनुसार पोखराको पर्यटन प्रवद्र्धन गर्न चिनियाँ नायक जियाङलाई पोखरा पुर्‍याइएको हो । उनी शुक्रबार विहानै काठमाडौं आइपुगेका छन् । उनले काठमाडौं लगायतका केहि ठाँउहरुको अवलोकन गर्ने कार्यक्रम रहेको बुझिएपनि हाल उनी कहाँ छन् आधिकारी खबर भने प्राप्त भएको छैन ।

उनीसँगै चिनियाँ संचारमाध्यमका पत्रकार, फोटोग्राफर, मेकअप आर्टिस्ट सहित जियाङको समुहमा ९ जना चिनियाँ पोखरा आएका थि ए। नेपाल ल्याउनु निकै महंगो भएपनि काठमाडौं आएको मौका पारेर आफुहरुको विशेष अनुरोधमा पोखरा ल्याएको श्रेष्ठले बताए । चिनियाँ नायक जियाङले गड्स ओउन लभ दी टिकेट इज २०१२ लगायतमा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu