सञ्जय फर्किए जेल, गहभरी आँशु पार्दै पत्नी र छोरा-छोरीलाई गरे विदा



Sanjay-dutta-out-of-jain
बलीवुड एक्टर सञ्जय दत्त ३० दिनको जेल विदा सकाएर मुम्बईमा रहेको येरवाडा जेल पुणे फर्किएका छन् । जेलका लागि निकाल्नु भन्दा पहिला सञ्जय आफ्नो पत्नी मान्यता र बच्चा इकरा-शाहरानको साथ दिएका थिए ।

Click Here to Watch Entertaining Videos
यस दौडानमा सञ्जयको गहभरी आँशु देखिएको थियो भने पत्नी मान्यतादेखी बच्चाहरुको आँखामा समेत आँशु देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । खबरका अनुसार सञ्जयका छोरा छोरीहरुले गहभरी आँशु पार्दै सञ्जयलाई जेलका लागि विदा गरेका थिए ।

संजय २६ अगस्तको दिन छोरी इकराको नाकको सर्जरीका लागि ३० दिनको जेलबाट विदा लिएका थिए । सन् १९९३ को मुम्बई विस्फोटको घटनासँग जोडिएको हतियार सम्बन्धी मामिलामा दोषी ठहर गर्दै अदालतले उनलाई ५ वर्षको जेल सजायँ सुनाएको थियो । दत्तले अब २ वर्ष जेलमा बिताउने छन् । बाँकी समय उनले यसअघिनै जेलमा बिताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu