आजबाट भारतीय चलचित्र र च्यानल बन्द



bollywood
ठुलोपर्दा डटकम, काठमाण्डौ।
असोज ३ गते नेपालमा संविधान जारी भएपछि असन्तुष्ट रहँदै आएको भारतले अहिले सिमा नाकामा अघोषित नाकाबन्दी गरिरहेको छ । पेट्रोलियम पदार्थमा नाकाबन्दी गरेपछि यति बेला नेपालीहरु आक्रोशित भइरहेका छन् ।

Click Here to Watch Entertaining Videos
त्यहि क्रममा विभिन्न संघ संगठनहरुले भारतका कुनै पनि चिज अब प्रयोग नगर्ने बताउँदै आएको बेला नेपालमा हिन्दी चलचित्रको प्रदर्शन र टेलिभिजन च्यानलको प्रसारणमा अनिश्चितकालका लागि रोक लगाइने भएको छ । यो मंगलबार विहान १० बजेदेखी लागु हुने नेपाल केबुल टेलिभिजन एसोसिएसनले जानकारी दिएको छ ।

देशभरका सिनेमाघरले सोमबारदेखि भारतीय चलचित्र प्रदर्शन खारेज गरेका छन् भने आजबाट देशभर नै भारतीय च्यानलहरु पनि बन्द हुनेछन् । भारतले सातादेखि नाकाबन्दी गरेपछि बसेको नेपाल केबल टेलिभिजन संघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको बैठकले यस्तो निर्णय गरेको हो ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भारतीय फिल्म, विज्ञापन र टेलिभिजन च्यानल बन्द गर्न लिखित दबाब दिएको थियो । चितवन, पोखरा र महेन्द्रनगरमा आइतबार नै च्यानल बन्द थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu