अब कतारमा ‘लव यू बाबा’



love-you-baba-at-qatar
विभिन्न देशहरुमा सफलतापूर्वक प्रदर्शनी गरिएको चलचित्र ‘लब यू बाबा’ कतारमा पनि प्रदर्शन हुने भएको छ । विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको चलचित्र लब यू बाबा नोभेम्बर २ तारिखमा कतारको ग्राण्ड मल, सिनेमा १ मा प्रदर्शन हुने चलचित्रका नायक एवं सौगात विष्टका पिता गजित विष्टले जानकारी दिए ।

Click Here to Watch Entertaining Videos
दिउसो १२:३० बाट सुरु हुने चलचित्र लव यू बाबाको प्रदर्शन ३ बजेसम्म चल्नेछ । विशेष प्रददर्शनमा सहभागी हुनेले कतारको ५० QAR को टिकट खरिद गर्नु पर्ने आयोजक संस्थाले जानकारी दिएको छ । यसै चलचित्रमार्फत राष्ट्रिय चलचित्र पुरस्कारबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत हात पारेकी संगम विष्ट अभिनित चलचित्र ‘लव यू बाबा’ जापानको सिन्होकुवो फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको थियो ।

गजित विष्ट, अशिष्मा नकर्मी, निर्मल शर्मा, संगम बिस्ट, निश्मा घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रले एउटी आमा नभएकी बालिका जसलाई आमाको अभाव हुन नदिन आफ्ना बाबाले गरेको संघर्षलार्इ समेटेको छ । चलचित्रमा गजित बिस्टको कथा र गम्भीर बिस्टको पटकथा तथा संवाद रहेको छ । चलचित्र ‘लव यू बाबा’लाई दिव्यराज सुवेदीले खिचेको हुन् ।

चलचित्रमा प्रितम पाण्डेको सम्पादन, सत्य-स्वरूप, डेनी निरौला, दिपक शर्मा र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् । चलचित्रका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय रहेका छन् भने अर्का पत्रकार सुब्रत आचार्य पनि अतिथी भुमिकामा देखा परेका छन् । त्यस्तै कलाकार अनु शाह पनि चलचित्र ‘लव यू बाबा’मा अतिथी भुमिकामा देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu