संगीतकार बसन्त सापकोटा अब गायक पनि



Basanta-Sapkota-Singer
ठुलोपर्दा डटकम, काठमाण्डौ।
आशिका फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको नेपाली कमेडी चलचित्र ‘सुश्री’बाट पहिलो पटक संगीतकार बसन्त सापकोटा गायक बनेका छन् । संगीतमा लामो समय व्यतित गरेका संगीतकार सापकोटाले जीवनमै पहिलो पटक चलचित्रका गीत गाएका हुन् ।

Click Here to Watch Entertaining Videos
उनले आफ्नै शब्द तथा संगीतमा ‘टेम्पोररी माया‘’ बोलको गीत गाएका हुन् । उनलाई गायिका एन्जिला रेग्मीले साथ दिएकी छिन् । संगीतकार सापकोटाले पहिलो पटक गीत गाउदा खुसि लागेको बताए । यो गीत केहि दिन अगाडी मात्रै सार्वजनिक भएको थियो । अभिनेता आर्यन सिग्देल चलचित्र ‘सुश्री’ को हालै सार्वजनिक ट्रेलरलाई रुचाइएको छ ।

कार्तिक ३ गते फुलपातीबाट प्रदर्शन हुन लागेको चलचित्र सुश्रीमा आर्यन सिग्देल, आशिका तामाङ, राजाराम पौडेल, मिश्री थापा, सुजना ढकाल, रवि प्रधान लगाएतको अभिनय रहेको छ । चलचित्रलाई आत्मराम थापाले निर्माण गरेका हुन् । पूर्णतया कमेडी शैलीमा निर्माण भएको यो चलचित्रमा बसन्त सापकोटाको संगीत, रामेश्वर कार्कीको छायांकन, शंकर वीसीको नृत्य, कुमार महर्जनको एक्सन रहेको छ । शिवम् अधिकारीले निर्देशन गरेको यस चलचित्रको लेखन र निर्देशन पनि शिवमले नै गरेका हुन् ।

गीत हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu