वलिउडको ‘बोस’ नेपाल किन आएन ?



boss-11ठुलोपर्दा डटकम, काठमाण्डौ। भारतमा बुधवार रिलिज भई शुक्रबार ‘वर्ल्ड रिलिज’ प्रतिक्षित वलिउड चलचित्र ‘बोस’ नेपालमा रिलिज हुन पाएन। ‘बोस’ हेर्न हल पुगेका दर्शक निराश भए। कोहिले त्यसको सट्टा ‘साहिद’ हेरे भने कोहि नेपाली चलचित्र ‘स्टार’ तिर लागे। त्यसो त शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘स्टार’लाई बोसका केहि दर्शक पक्कै गएका छन् तर बोस रिलिज नभएपनि यो साता पूर्ण नेपाली चलचित्रमय भने हुन सकेन।

बोसको सट्टा दर्शना आर्ट्सले ‘साहिद’ रिलिज गर्यो। दर्शना आर्टसका शुरेस दर्पण पोखरेलका अनुसार ‘बोस’ नचल्नुमा आर्थीक मामला हो। तीस लाख भारतिय रुपैयाँभन्दा कममा बोस नआउने भएपछि सानो बजेटको ‘साहिद’ ल्याईएको हो। ‘प्रतिस्पर्धी कुनै अर्को कम्पनीले पहिले नै साढे बत्तीस लाख रुपैयाँ दिने भनेको रहेछ। हामीले २७ लाख भन्दा दिन नसक्ने जिकिर गर्यौँ तर अन्तिममा तीस लाख भारतिय रुपैयाँभन्दा कममा नदिने भएपछि साहिद ल्याएका हौँ’ पोखरेलले ठुलोपर्दा डटकमसँगको कुराकानीमा बताए। संसारको सबैभन्दा ठुलो पोस्टर बनाएर माईकल ज्याक्सको वर्ल्ड रेकर्ड तोडेको ‘बोस’मा अक्षय कुमार मूख्य भुमिकामा छन्।

हन्सल मेहता निर्देशित बायोग्राफिक चलचित्र साहिदमा सन् २०१० मा मुम्बईमा हत्या गरिएका मानवअधिकारवादी तथा कानुन व्यवसायी साहिद आजमीको कथामा बनेको छ।अनुराग कश्यपको निर्माण रहेको यो चलचित्र टोरन्टो फिल्म फेस्टिभलमा प्रदर्शन भईसकेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu