फ्राइडे रिलिज : राजधानीमा ‘कामचोर’, मोफसलमा ‘वडा नम्बर ६’



Wada-Number-chha-furke-thaili
ठुलोपर्दा डटकम, काठमाण्डौ।
असोज ८ गते उपत्यका बाहिर प्रदर्शनमा आएको चलचित्र ‘कामचोर’ र असोज १ गते काठमाडौं उपत्यका भित्रमात्र प्रदर्शनमा आएको चलचित्र ‘वडा नम्बर ६’ यस पटकको फ्राइडे रिलिजमा आएका छन् । चलचित्र कामचोर आजबाट काठमाडों उपत्यका भित्र प्रदर्शनमा आएको छ भने चलचित्र वडा नम्बर ६ उपत्यका बाहिर प्रदर्शनमा आएको छ ।

Click Here to Watch Entertaining Videos
आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘वडा नम्बर ६’ मा चलचित्रमा दिपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माको साथमा जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, कुञ्जना घिमिरे लगायतले लगानी गरेका छन् । यो चलचित्रले काठमाडौंबाट मात्र १ करोड बढिको व्यापार गरिसकेको छ । चलचित्र वडा नम्बर ६ मा दीपकराज गिरी, सिताराम कट्टेल, जीतु नेपाल, दयाहाङ राई, प्रियंका कार्कीको मुख्य भूमिका छ । चलचित्रमा विल्सन विक्रम राइ विशेष भूमिकामा देखिएका छन् । चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।
kaamchor
त्यस्तै आज शुक्रबारबाट काठमाडौं उपत्यका भित्र प्रदर्शनमा आएको चलचित्र कामचोरमा हर्षिका श्रेष्ठ, पुस्कर रेग्मी, रबिन्द्र बस्नेत, एवन उप्रेती, काजल खनाल, अप्सना थापा, रोहन श्रेष्ठ, बालदिप राई, रबिना दास लगायतका कलाकारको अभिनय रहेको छ भने नायिका सगुन शाहीको विशेष भुमिका रहेको छ । अभिमान सिं बस्न्यातको प्रस्तुतिमा प्रमोद गौचनको लगानी रहेको यस चलचित्रमा भरत सिटौलाको संगीत रहेको छ । चलचित्रको छायांकन तथा लेखन निर्देशक स्वयंको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu