हेटौडामा ‘अधकट्टी’ टोली



Adhkatti-hetauda
नेपालीहरुको महानपर्व वडा दशैमा प्रदर्शन हुन लागेको चलचित्र ‘अधकट्टी’को टोलीले हेटौडामा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रबारे जानकारी गराएको छ ।

Click Here to Watch Entertaining Videos
कार्यक्रममा चलचित्रका प्रस्तुतकर्ता प्रदिप कुमार उदयले लामो अध्ययन र सोच विचार गरि चलचित्र अर्धकट्टी निर्माण गरिएको बताए । उनले अगाडी भने -‘कथावस्तु र प्रस्तुतिकरण राम्रो भएकाले चलचित्र चल्नेमा म पुर्ण विश्जस्त छु । देशमा पछिल्लो क्रममा चलचित्रको व्यापार खस्किदै गएको अवस्थामा पनि हामी सफल हुने छौं ।’

चलचित्रका निर्देशक सुब्रत आचार्यले भने, ‘मेरो पहिलो चलचित्र भएता पनि धेरै मेहेनत र अध्ययन गरेर निर्देशन गरेको छु र चलचित्र दर्शकहरुलाई मन पर्नेमा पुर्ण विश्वस्त रहेको छु ।’ चलचित्रलाई पूर्णतया कमेडी बिषयमा निर्माण गरेको निर्देशक आचार्यले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका कलाकारहरु अशिष्मा नकर्मी, विल्सन विक्रम राई र गौरव पहारी, नायिका रिश्ता बस्नेत, प्रदिप वास्तोला, गायक युवराज चौलागाई र गायिका निशा देशारले चलचित्र ‘अधकट्टी’ उत्कृष्ट चलचित्र बनेको बताए । उनीहरुले चलचित्र ‘अधकट्टी’ एकपटक सबैले हेर्नु पर्ने बताएका थिए ।

सञ्चारकर्मी सुव्रत आचार्यको डेब्यु निर्देशन रहेको ‘अधकट्टी’लाई प्रदिपकुमार उदयले निर्माण गरेका हुन् । चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, रिस्ता बस्नेत, अशिष्मा नकर्मीको साथमा नव(कलाकार प्रदिप बाँस्तोलाको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu