आर्यनले फेरी गरे बिहे !



aaryan-2nd-marrige
ठुलोपर्दा डटकम, काठमाण्डौ।
हुनत अभिनेता आर्यन सिग्देलले करिब डेढ बर्ष अघि सपना भण्डारीसँग रियल लाइफमै बिहे गरिसकेका छन् तर फेरी आर्यनले आशिका तमाङसँग बिहे गरेपछि भने यसको चर्चा व्यापक बनेको छ । तर आर्यनले आशिकासँग रियल लाइफमा भने बिहे गरेका होइनन् ।

Click Here to Watch Entertaining Videos
उनले कात्तिक ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको कमेडी चलचित्र सुश्रीमा बिहे गरेका हुन् । चलचित्रको पर्दामा आशिकासँग बिहे गर्दै गरेको भिडियो तथा तस्विर यति बेला भाइरल बनिरहेको छ । केहि दिन अगाडी चलचित्र यूनिटले सार्वजनिक गरेको चलचित्रको ट्रेलरमा पनि आर्यनले बिहे गरेको देख्न सकिन्छ ।

सार्वजनिक ट्रेलरमा आर्यन अर्की हिरोइन सुरबिना कार्कीसँग बिहे मण्डपमा हुदै गर्दा डेब्यु हिरोइन आशिका तमाङले नै आर्यनलाई भगाएकी छिन् । अभिनेता आर्यन सिग्देल स्टारर यस चलचित्रको गीत र ट्रेलर पछिल्लो समय दर्शकले निकै रुचाएका छन् । चलचित्र लेखक शिबम अधिकारी निर्देशित चलचित्रमा आर्यन र आशिका सहित सुरबिना कार्की, बिकास चापागाईं, राजाराम पौडेल, मिश्री थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।

आशिका फिल्म्सको ब्यानरमा निर्मित चलचित्रलाई आत्माराम थापाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu