कोइरालाले राती चिउरा खाएर सुत्नुपर्छ: जितु नेपाल



Jitu-nepal-naka-bandi
अमेरिकामा आयोजित कार्यक्रममा सहभागी हुने नेपालबाट करिब १ महिना अगाडी अमेरिका प्रस्तान गरेका हाँस्य कलाकार जितु नेपालले नेपालमा भइरहेको नाकाबन्दीको फेसबुकमा नेताहरुलाई चोटियो स्टाटस लेखेका छन् ।

Click Here to Watch Entertaining Videos
देशका नेताहरुले गर्दा जनताले दुख पाएको सन्दर्भ जोड्दै उनले लेखेका छन् -‘बालुवाटारमा ग्यास सकिएर प्रम कोइराला राती चिउरा खाएर सुत्न वाध्य । बालकोटबाट कमरेड केपी ओली १ घन्टा हिडेर प्रचण्ड निवास लाजिम्पाट पुगे । गृहमन्त्री साइकल चढेर मन्त्रालय प्रस्थान । संयुक्त राष्ट्र संघको भ्रमणबाट स्वदेश फर्कनु भएका उप प्रधानमन्त्री लगायतको टोली एयरपोर्टबाट हिडेरै निवासमा । माधव, देउवा र थापाले दिनभर लाइनमा बस्दा पनि १ सिलिण्डर ग्यास पनि पाउन सकेनन् । प्रहरीद्धारा स्कटिङ सहित १ सिलिन्डर ग्यास र ५० लिटर पेट्रोल शित्तल निवासमा पुर्‍याइयो । र उपत्यका बाहिर रहेका डाक्टर भट्टराई दम्पत्ती दाङबाट हिड्दै काठमाण्डौ आउँदै….जब सम्म यस्तो समचार सुन्न पाइदैन तब सम्म केहि हुंदैन।’

यति बेला जितुको यो स्टाटसलाई धेरैले मनपराएका छन् । हाल भारतले नेपाललाई गरिरहेको अघोषित नाकाबन्दीको विरोध सारा नेपालीहरुको गरिरहेको अवस्थामा नेपालका नेताहरु भने जोक्सका पात्र बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu