बोलेर केहि हुनसक्ने मान्छे चुप लागेको देख्दा थुइक्क भन्न मन लाग्छ: केकी



keki-adhikari-bagmati
आफ्नो माग सम्बोधन गर्न मधेशी नेता तथा जनताहरुले गरेको बन्दले करिब २ महिनादेखी तराईको जनजीवन अस्तव्यस्त बनेको छ । २ महिनासम्म न गाडी चलेका छन् न त पसलहरु खोलिएका छन् । आफ्नो माग सम्बोधन नगरेसम्म बन्द नखुलाउने अडान लिएर बसेका उनीहरुको माग सम्बोधन गर्न सरकारपनि अग्रसर भएको देखिदैन ।

Click Here to Watch Entertaining Videos
तराई बन्दका कारण भारतले पनि नाकाबन्दी गरिरहेको छ जसले यति बेला देशकै जनजीवन पुर्णतया अस्त व्यस्त बनेको छ । यहि विषयलाई लिएर नायिका केकी अधिकारीले दुख पोखेकी छिन् । आफ्नो आधिकारी फेसबुकमार्फत उनले तराईमा बसोबास गर्ने जनताहरुको दैनिकी कसरी वितिरहेको होला ? भन्दै चिन्ता व्यक्त गरेकी छिन् । उनले लेखेकी छिन्, ‘आज हाम्रो तराईले बन्द खेपेको करिब दुई महिना बित्न लागिसकेको छ । जिन्दगी कति गाह्रो गरेर कटिरहेको होला कल्पना गर्दा मात्र पनि लामो सास फेर्न बाहेकको बिकल्प छैन म सँग । ब्यापार ब्यवसाय धरासाइ हुन लाइसक्यो, नाकाबन्दीले थप समस्यामा पारेको छ । न केहि गर्न सकिन्छ न कहि गएर कराउन, सबै भन्दा दुख लाग्दो कुरा त ठाँउमा भएका अनि बोलेर केहि हुन सक्ने मान्छेहरु मुखमा बुझो हालेर बसेको देख्दा थुइक्क भन्न मन लागिसक्यो । कम से कम अरु केही दिन नसके पनि जनजीवनलाई सामन्य त बनाइदेउ ।। हे भग्वान, सद्बुद्धी देउ अनि हामीलाई सहने शक्ति ।।’

उनले यसरी फेसबुकमा लेखेको स्टाटसलाई धेरैले मनपराएका छन् । तराईको दुखलाई उनले आफ्नै दुख सम्झेको देखेर तराईमा बसोबास गर्ने व्यक्तिहरुले उनलाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu