दशैँ मनाउन अमेरिका उडे जीवन



jiwan-dashai
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपालीहरुको महानपर्व वडादशैँ, तिहार र छठपर्वजस्ता महत्वपूर्ण चाड पर्वहरु नजिकिदै गर्दा नायक जीवन लुइँटेल भने अमेरिका प्रस्थान गरेका छन् । उनी बुधवार आफ्नो स–परिवार अमेरिका उडेका हुन् ।

Click Here to Watch Entertaining Videos
केहि दिन अगाडी मात्र आफुले लेखेको पुस्तक ‘नायक’ सार्वजनिक गरेका नायक लुईटेल दशैँ, तिहार अमेरिकामा नै मनाउने गरि उडेका उनका पारिवारिक स्रोतले जानकारी दिएको छ । तर नायक लुईँटेलले विशेष कामले भन्दा पनि आफ्नो ब्यक्तिगत कारण अमेरिका हिडेको बताएका छन् ।

उनले केहि दिन अगाडी मात्रै चलचित्र ‘सुब्बा साब’को छायांकन पनि सकेका थिए । उनका अनुसार उनी झण्डै दुई महिनाको अमेरिका बसाइपछि नेपाल फर्किने छन् । उनले अमेरीकामा आफ्नो कविता संग्रह ‘नायक’को पुन सार्वजनिक गर्ने बताइएको छ । साथै अमेरिकामा हुने विभिन्न सिनेमा सम्बन्धी विशेष कार्यक्रममा पनि सहभागी हुने र छिट्टै नेपाल फर्कन नायक लुईटेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu