नेवारी भाषामा ‘फिगर कोकाकोला’ (भिडियो)



figure-cocacola
ठुलोपर्दा डटकम, काठमाण्डौ।
कात्तिक ३ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अधकट्टी’को नेवारी भाषामा ‘तिम्रो फिगर कोकाकोला’ बोलको गीत सार्वजनिक गरिएको छ । यस अघि नेपाली भाषामा सार्वजनिक गरिएको ‘तिम्रो फिगर कोकाकोला’लाई दर्शक, स्रोताहरुले अत्याधिक मनपराएपछि चलचित्र यूनिटले नेवारी भाषामा सोहि गीतलाई सार्वजनिक गरेको हो ।

Click Here to Watch Entertaining Videos
नेवारी भाषामा पुन डब गरिएको गीतमा यमन श्रेष्ठ र चलचत्रकी नायिका अशिष्मा नकर्मीले आवाज दिएका छन् । यस अघि नेपाली भाषामा सार्वजनिक गरिएको गीतमा प्रलाहद तिमल्सिना र जोनिशा पौडेलले आवाज दिएका थिए । नेवारी भाषामा यो गीतलाई मदनकृष्ण श्रेष्ठले अनुवाद गरेका हुन् भने नेपालीमा भने यो गीतलाई किरण माईकलले लेखेका हुन् । गीतमा बसन्त सापकोटाको संगीत रहेको छ ।

सुब्रत आचार्य निर्देशित चलचित्र ‘अधकट्टी’ डार्क कमेडी फिल्म हो । जहाँ विल्सन विक्रम राई, गौरव पहारी, प्रदीप बाँस्तोला, अशिष्मा नकर्मी र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको छ । अभिनेत्री नम्रता श्रेष्ठ अतिथि भूमिकामा छन् । सुवास ढकालको कथा रहेको फिल्ममा विजय अधिकारीको पटकथा एवं संवाद रहेको छ । रा

जन इशान मुख्य संगीतकार रहेको फिल्म ‘अधकट्टी’ मा बसन्त सापकोटाको अतिथि संगीत छ । चलचित्रका छायाँकार हरी लामा घले हुन् । ‘अधकट्टी’ को लगानीमा अर्चना थापा, सुमीत रञ्जित उदयले प्रस्तुतकर्ता प्रदीप उदयसँग सहकार्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu