निशाले किलीमान्जरो हिमालमा फहराइन नेपालको झण्डा



nisha-at-kilimanjoro
सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी नायिका निशा अधिकारीले अफ्रिकाको किलीमान्जरो हिमालको पनि सफल आरोहण गरेकी छिन् ।

Click Here to Watch Entertaining Videos
अक्टुवर एक तारिख देखि हिमालको आरोहण गर्न सुरु गरेकी निशाले अक्टुवर सात तारिखको दिन किलीमान्जरो हिमालको सफल आरोहण गरेकी बताइएको छ । उनले उक्त हिमालमा नेपालको झण्डा समेत फहराएकी छिन् । बालबालिकाहरुको लागि ब्लाङकेट र न्यानो कपडाका लागि सहयोग रकम जुटाउन हिमाल चडेकी निशाले ५ हजार ब्लाङ्केटका लागि करिब २५ लाख सहयोग संकलन गर्ने उनको उद्देश्य छ ।

बालबालिकाहरुलाई सहयोग गर्न चाहानेहरुले न्यानो कपडा र आर्थिक सहयोग गर्न सक्ने छन् । उनले चडेको हिमाल अफ्रिकाको सर्वोच्च हिमाल हो । जसको उचाई ४ हजार ८ सय ७७ मिटर छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu