सन् २०१० मा रिलिज भएको चलचित्र (इन्धिरान) ‘रोबोट’ को सिक्वेलका लागि यति बेला निर्देशक शंकर र साउथ इण्डियन चलचित्रका सुपरस्टार रजनीकान्त विशेष रुपले केन्द्रित भएका छन् । चलचित्रको बजेट नै १५० करोड भारु हुने जनाइएको छ ।
Click Here to Watch Entertaining Videos
चलचित्रमा नायिका पनि परिवर्तन हुने जनाइएको छ । रोबोटको पहिलो भागमा अभिनय गरेकी ऐश्वर्या सिक्वेलमा नदोहोरिने बताइएको छ । ऐश्वर्याको सट्टामा ‘सिंह इज ब्लिङ’ अभिनेत्री एमी ज्याक्सनले अभिनय गर्ने सम्भावना रहेको बताइएको छ । चलचित्रमा हलिउडका चर्चित अभिनेता आर्नोल्ड स्वार्जनेगरलाई पनि खेलाउने तयारी गरिएको छ ।
यसै चलचित्रका लागि आमिर खान र कमल हसनलाई समेत खेलाउने कुरा थियो तर, आमिरले दंगलका लागि पर्याप्त मेहनत गर्नुपर्ने भएकाले उनले यो चलचित्र छोडेका थिए ।