फुलपातीबाट ‘हाँस्न जाने होइन त’ ?



Adhkatti-trailer
ठुलोपर्दा डटकम, काठमाण्डौ।
कात्तिक ३ गते फुलपातीबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अर्धकट्टी’को चर्चा यति बेला व्यापक छ । ‘हे नम्रता’, ‘तिम्रो फिगर कोकाकोला’ लगायतका गीतहरुले नै चलचित्र अर्धकट्टी दर्शकहरुको प्रतिक्षित बनाइराखेको छ ।

Click Here to Watch Entertaining Videos
चलचित्र यूनिटले कात्तिक ३ गते ‘हाँस्न जाने होइन त’ भन्ने थेगो प्रचारको शैलीमा भित्राएपछि अझ चलचित्रले थप उचाई पाएको छ । ‘अर्धकट्टी’मा विल्सन विक्रम राई, अशिष्मा नकर्मी, गौरव पहारी, रिस्ता बस्नेत र नव कलाकार प्रदिप बास्तोला लगायतका कलाकारलाई देख्न सकिन्छ ।

साथै, नायिका नम्रता श्रेष्ठलाई विशेष भूमिकामा देख्न सकिन्छ । चलचित्रलाई रंगपत्रकार सुब्रत आचार्यले निर्देशन गरेका हुन् भने प्रदिप उदयले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu