कस्तो होला त सृष्टी र अनमोलको गाजलु जोडी ?



Anmol-kc-and-shristi-shrestha
ठुलोपर्दा डटकम, काठमाण्डौ।
लामो समयदेखी चलचित्र जगतको नजिक रहेर पहिलो पटक लगानी गर्दै निर्माता बन्न लागेका रोहित अधिकारी र निर्देशनमा सफल परिचय बनाएका हेमराज बिसीले संयुक्त लगानी गर्दै चलचित्र ‘गाजलु’ बनाउँदै छन् । कार्तिक २९ बाट छायांकनमा जान लागेको यो चलचित्रलाई हेमराजले नै निर्देशन गर्दैछन् । प्रेमकथामा बन्ने यस चलचित्रमा नायक अनमोल केसी र पूर्व मिस नेपाल सृष्टी श्रेष्ठले मूख्य भूमिका निभाउँदैछन् ।

Click Here to Watch Entertaining Videos
नयाँ नायिकाको खोजीमा धेरै समय विताएको गाजलु टिमले सृष्टीबाट राम्रै आश गरेर चलचित्रमा भित्राएका हुन् । अनमोल पनि अहिलेका महंगा र चुजी नायक हुन् । अनमोलले यसअघि हेमराजसँग मात्रै काम गर्दै आएकोमा पछिल्लो फिल्म ‘ड्रिम्स’मा भने आफ्नै पिता नायक भुवन केसीको निर्देशनमा अभिनय गरेका छन्, जुन रिलिज भईसकेको छैन ।

धेरै निर्देशक तथा निर्माता अनमो‍लको दैलोमा लाखका बिटा बोकेर नपुगेका होइनन् तर पनि उनले सबैलाई रिजेक्ट गर्दै आएका छन् । मूख्य भूमिका रहेको पहिलो चलचित्रबाट नै चर्चाको शिखरमा पुगेका उनलाई हेमराजले नै सफल नायकको पगरी गुथाईदिएका थिए । पहिलो प्रोजेक्ट ‘होस्टेल’बाट आफु जति चर्चामा रहेपनि उनले आफ्नो अडान कायम राख्दै हेमराजकै अर्को चलचित्र ‘जेरी’मा अभिनय गरे । ‘जेरी’ पनि सफल भएपछि उनले होम प्रडक्शनको ‘ड्रिम्स’मा हात हाले । ‘ड्रिम्स’ रिलिज नहुँदै अनमोलले ‘हेमराज’को ‘गाजलु’ रोजेका हुन् ।

एक भारतिय गीतको रिमेक भिडियोमा अभिनय गरेर ह्वात्तै चर्चामा आएकी पूर्व मिस नेपाल सृष्टी श्रेष्ठ पनि आकर्षक सेलिब्रेटी हुन् । उनलाई पनि धेरैले चलचित्रको अफर दिए तर उनले वास्ता गरिनन् । हेमराज र उनको टिममा केहि संभावना देखेर होला श्रेष्ठ ‘गाजलु’ बन्न तयार भइन् । श्रोतका अनुसार ‘गाजलु’ अभिनयका लागि उनले पनि निकै महंगो रकम लिएकी छिन् ।

व्यापारको उद्देश्यले पहिलोपटक चलचित्र बनाउन लागेका निर्माता रोहित अधिकारीले बजारको माग अनुसार कलाकारको छनौट गरिएको बताए । अनमोल चलचित्र स्टार भएपनि ‘गाजलु’ले सृष्टिलाई आगामी दिनमा स्टार बनाउने उनले दावी गरे । निर्माता अधिकारीले ओस्कार कलेजबाट निर्देशनमा ब्याचलर समेत गरेका छन् । सुरुमै आफुले निर्देशन नगरी हेमराजलाई दिएका उनले निर्देशकले लगानीमा समेत सहकार्य गर्दा चलचित्र थप उत्कृष्ट बन्ने दावी गरे । त्यसो त यसअघिका अरु नै निर्माता रहेका चलचित्रबाट निर्देशक बिसी सफल भईसकेका छन् । अब उनले आफ्नो चलचित्रलाई कस्तो बनाउँछन् त ? यो चर्चा सुरु भईसकेको छ ।

‘गाजलु’ ब्याचलर पढ्ने विद्यार्थीको प्रेमकथामा बन्ने छ । चलचित्र रोमान्टिक हुनेछ । चलचित्रलाई अहिले धेरैको रोजाईमा परेका छायाँकार शैलेन्द्र ध्वज कार्कीले छायांकन गर्नेछन् भने महंगा सम्पादक सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । गौरव पहारी, सलोन बस्नेत लगायतका कलाकारले समेत अभिनय गर्ने यो चलचित्र रोहित अधिकारी फिल्मसको प्रस्तुती र बिसी मोसन पिक्चरको सहकार्यमा बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu