यूरोपबाट ‘फन्को’ प्रदर्शन सुरु हुने



Fanko
नेपालमा माघ १ गते रिलिज मिति तोकिएको नेपाली चलचित्र ‘फन्को’ले यूरोपबाट प्रदर्शन यात्रा थाल्ने भएको छ । नोभेम्वर २३ मा सिनेमाहल जेड लुभेन बेल्जियमबाट चलचित्रको प्रर्दशन सुरु हुने बताईएको छ ।

केहि दिनमै ट्रेलर सार्वजनिक हुने यो चलचित्रमा सवारीको रुपमा प्रयोग गरिने ‘जिप’ प्रमुख आकर्षणमा रहेको जनाईएको छ । सुर्बण थापा निर्देशित ‘फन्को’ यूरोपका बेल्जियम, फिनल्याण्ड, डेनमार्क, अस्ट्रीया, ईटालि, स्पेन, पोर्चुगल, फ्रान्स लगाएतका देशहरु र अमेरिका अस्ट्रेलिया देशहरुमा पनि प्रर्दशन गरिने बताईएको छ ।

चलचित्रमा सौगात मल्ल, दयाहाङ्ग राई, अनुप बराल, केकी अधिकारी, प्रियांका कार्की लगाएतका कलाकारहरुको अभिनय रहेको छ । पदम गुरुङ्गको प्रस्तुतीमा नरेन्द्र महर्जन र शहदेव गौतमले बनाएको ‘फन्को’ सस्पेन्स कमेडी चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu