‘माङ हिम सर्ट फिल्म प्रतियोगिता’का लागि १० छोटा चलचित्र छनोट



manhim
ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘माङ हिम सर्ट फिल्म कम्पिटिशन-२०१५’ का लागि लागू पदार्थ दुर्व्यसनीको कथालाई समेटेर तयार भएका १० वटा छोटा चलचित्र छनोट भएका छन् । प्रतिस्पर्धामा सहभागी हुन आएका २६ मध्ये १० लाई अन्तिम प्रतिस्पर्धाका लागि छानिएको हो ।

‘माङ हिम सर्ट फिल्म कम्पिटिशन-२०१५’ का लागि ५ देखि १० मिनेट लामा चलचित्र आह्वान गरिएको थियो । माङ हिम फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘रातो घर’को प्रवर्द्धनका लागि ‘माङ हिम सर्ट फिल्म कम्पिटिशन-२०१५’ आयोजना गरिएको चलचित्रका निर्देशक सुरज सुब्बा’नाल्बो’ले जानकारी दिए ।

छोटा चलचित्र प्रतिस्पर्धाका संयोजक शान्तिप्रियले छनोट भएका १० चलचित्रलाई युटुबमा ४ महिनाका लागि राखिएको बताए । प्रतिस्पर्धाका लागि एन्सर, वोध, वुक्याच्या, घाट, हिरोइज्म, लाइफ डज नट रिवान्ड, मेरो जीवनको मोड, निर्णय, रिर्गेट, लवाभ चलचित्र रहेका छन् । जुरी तथा दर्शकले चलचित्र हेरेपछि उत्कृष्ट हुने चलचित्रलाई नगद १ लाख पुरस्कार सहित अवार्ड प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu