राष्ट्रियताको भाव बोकेको ‘नागरिक’



nagarik-press-meet
ठुलोपर्दा डटकम, काठमाण्डौ।
विमल पौडेलको निर्देशन रहेको चलचित्र ‘नागरिक’ राजनीतिलाई केन्दविन्दु बनाएर निर्माण भएको चलचित्र हो । कात्तिक २० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र नागरिक राष्ट्रियताको भाव बोकेको र चलचित्रमा जागरुक युवाको कथा समेटिएको निर्देशक पौडेलले बताएका छन् ।

राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने -‘राजनीति नै देशको सबै समस्याको कारण भएकोले यसैलाई केन्द्रमा राखेर चलचित्र बनाएका हौं ।’ उनका अनुसार चलचित्रले दर्शकको मन जित्न सफल हुनेछ । त्यस्तै पत्रकार सम्मेलनमा चलचित्रका कलाकार रमेश बुढाथोकीले आफूले राजनीतिक नेताको थुप्रै भूमिका निर्वाह गरेको भए पनि यो चलचित्रको भूमिका फरक रहेको बताए ।

त्यस्तै अभिनेत्री सरिता गिरीले देशको उच्च तहमा महिला पुगेको बेला यो चलचित्र सान्दर्भिक भएको बताइन्। चलचित्र नागरिकमा निर्देशक पौडेलकै कथा रहेको छ । यस चलचित्र “नागरिक”लाई मनु इन्टरटेनमेन्टको ब्यानरमा आयुश्री राजभण्डारी र शर्भानी राज्य दुलालले निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता सत्यराज चौलागाईं हुन् ।

विश्व बस्नेत, राहुल केसी, रमेश बुढाथोकी, गणेश उप्रेती, अनु शाह, सरिता गिरी, दिव्यदेव पन्तलगायतको मुख्य भूमिका रहेको छ । देशको राजनैतिक परिवेशमा निर्माण गरिएको यस चलचित्रले अहिले देशको राजनीतिक परिवेशको चित्रण गरेको छ । चलचित्रका कार्यकारी निर्माता सत्यराज चौलागाईंका अनुसार चलचित्र राजधानी र मोफसलका ३२ ओटा सिनेमा हलबाट प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu