अमेरिकामा दीलिपले विमोचन गरे कुमारको ‘अपेक्षा मेरो’



kumar-rai-album-launch
अमेरिकामा रहँदै आएका गायक कुमार दुमी राईको एल्बम ‘अपेक्षा मेरो’ नेपाली चलचित्रका नायक दीलिप रायमाझीले विमोचन गरेका छन् । अमेरिकामा नै एल्बम विमोचन गर्दै नायक रायमाझीले कुमार दुमी राईको एल्बम अपेक्षा मेरोमा उत्कृष्ट गीतहरु रहेको बताए ।

उनले भने, ‘यो एल्बममा सात गीत रहेका छन्, जुन मैले सबै सुने र गीतहरु उत्कृष्ट बनेकोमा म कुमार जीलाई बधाई दिन्छु ।’ उनले एल्बम विमोचन कार्यक्रममा कुमारको एल्बम ‘अपेक्षा मेरो’मा समावेश गीतहरु सुनिदिन पनि आग्रह गरेका थिए ।

‘अपेक्षा मेरो’ एल्बममा रहेको २ गीतमा महेश खड्काको संगीत, ५ गीतमा कुमार दुमी राईको संगीत, ४ गीतमा क्रिश रिजालको शब्द, १ गीतमा कविराज लिम्वुको शब्द र अन्य दुई गीतमा गायक कुमार दुमी राईकै संगीत रहेको छ । गीतलाई रुवुसा क्रियशनले बजार व्यबस्थापन गरेको छ ।

kumar-rai-album-launch1

एल्बम विमोचन कार्यक्रममा नायक दीलिपका अलवा मोहन गुरुगं, वुद्धिजंग कुवँरलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । २५० भन्दा बढि व्यक्तिहरुको उपस्थितीमा भएको एल्बम विमोचन कार्यक्रममा गायक कुमार दुमी राईले एल्बम ‘अपेक्षा मेरो’मा रहेको केहि गीतहरु गाएर समेत सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu