सलमानका भाइको शाहरुखसँग काम गर्ने रहर



Arbaj-and-srk
बलिउडका सुपरस्टार शाहरुख खान र सलमान खानबीच बेलाबेलामा मनमुटाव रहँदै आएको छ । यही कारण बलिउडका ठूला–ठूला समारोहमा पनि यी दुई नायक एकैपटक सहभागी हुन छाडेको धेरै भईसक्यो । तर, हालैमा सलमानका भाइ अरवाज खानले भने शाहरुखसँग काम गर्ने आफ्नो चाहना भएको बताएका छन् ।

अरवाजले शाहरुख बलिउडका सुपरस्टार मध्ये एक भएको भन्दै उनको तारिफ समेत गरेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अरवाजले शाहरुखलाई माया गर्ने प्रशंसकलाई देख्दा जो कोहीले शाखरुखसँग काम गर्ने इच्छा व्यक्त गर्न सक्छन् भनी प्रतिक्रिया समेत व्यक्त गरेका बताइएको छ ।

यद्यपी अरवाजले सलमान एक राम्रो भाइ र सुपरस्टार समेत भएको भनी सलमानको समेत तारिफ गरेका छन् । उनले सलमानसँग पनि जो कोही निर्माता–निर्देशले काम गर्न चाहन्छन् भनी टिप्पणी समेत गरेका छन् । सलमानको साथमा अरवाजले बनाएको फिल्म ‘दवङ’ र ‘दवङ–२’ ले बलिउडमा सय करोड बढी कमाई गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu