नर्स बन्न चाहने सन्नी कसरी भइन पोर्नस्टार ?



Sunny-rakhi
बलिउडमा पछिल्लो समय निकै छाइरहेकी हिरोइन सन्नी लियोन पुर्व पोर्नस्टार हुन् । यो कुरा उनी आफै पनि सहजै स्वीकार्छिन् । बलिउडमा आउनुअघि उनले कयौँ पोर्न चलचित्रहरुमा काम गरिसकेकी छिन् ।

यसमा उनलाई खासै पश्चाताप छैन । बरु उनी पोर्नस्टारको छवि मेटाएर बलिउड हिरोइन बनेर चिनिन चाहन्छिन् । उनले हालै भनेकी छिन, ‘हो म पोर्न स्टार हुँ तर अब बलिउड अभिनेत्री बन्न चाहन्छु ।’ उनले आफु अभिनेत्री बन्न हदैसम्मको संघर्ष गर्ने बताइन् । म नर्स अथवा डाक्टर बन्न चाहन्थेँ । पोर्न स्टार बन्छु भनेर चिताएकी पनि थिइनँ,’ सन्नी भन्छिन्, ‘डाक्टर र नर्सले बिरामीको सेवा गरेको देख्दा मलाई पनि त्यसै गर्न मन लाग्थ्यो । तर परिस्थीतिले मलाई पोर्नस्टार बनाएको हो ।’

उनी पोर्नस्टार भएकै कारण कतिपय बलिउड हिरोहरु उनीसँग काम गर्न चाहँदैनन् । तर उनी भने बलिउडका तीन खान आमिर, सलमान र शाहरुख सँग काम गर्न चाहन्छिन् । सन्नी चलचित्र ‘जिस्म २’ बाट बलिउड डेब्यु हिरोइन हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu