दुबई पुगे भुवन केसी र अनमोल



bhuwan-anamol-at-dubai
२० नोभेम्बर २०१५ शुक्रबारका दिन बरदुबईको इम्पेरिअल सुइट्स होटेलमा ‘नेपाली कलाकार समुह यूएई’को दुबई क्षेत्रीय समितिले आयोजना गरेको ‘कलाकार परिचयात्मक तथा साँस्कृतिक’ कार्यक्रमका लागि नायक भुवन के.सी. र नायक अनमोल के.सी. वुधबार युएई पुगेका छन् ।

नेपाली कलाकार समुह यूएईका संरक्षक रतन थापा र दुबई क्षेत्रीय समितिका अध्यक्ष राम प्रशाद ढकालले एरपोर्टमा पुगेर भुवन के.सी. र अनमोल के.सी.लाई स्वागत गरेका थिए । नेपाली कलाकार समुह यूएईको दुबई क्षेत्रीय समितिको आयोजनामा हुन लागेको ‘कलाकार परिचयात्मक तथा साँस्कृतिक’ कार्यक्रमको कलाकार ब्यवस्थापन समाजसेवी रतन थापाले गरेका छन् ।

कला र सास्कृतिकको उत्थान,नेपालीको पहिचान भन्ने मूल नारालाई आत्मसाथ गर्दै ११ सेप्टेम्बर २०१५ शुक्रबारका दिन आर्यन सिग्देलले उद्घाटन गरेर गठन भएको नेपाली कलाकार समुह यूएईको दुबई क्षेत्रीय समितिले दुई महिनामा सामाजिक सेवाका काम गर्नुका साथसाथै साँस्कृतिक कार्यक्रम पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu