शिव भन्छन्, ‘बागमती’ अन्तराष्ट्रिय स्तरको’



ठुलोपर्दा डटकम, काठमाण्डौ।
पौष २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र बागमतीले आफ्नो दोस्रो चरणको प्रचार प्रसार सुरु गरेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र यूनिटले चलचित्र बागमतीलाई आम दर्शकहरुसँग परिचित गराउन प्रचार प्रसारलाई आक्रमक बनाउने बताएको छ ।

चलचित्रकी निर्मात्री यसोद्या राईले चलचित्र बागमती दर्शकहरुको चाहना अनुरुपको बनेको बताइन । चलचित्रको प्रिमियरको दिन चलचित्र पत्रकार संघलाई ३५ हजार दिने निर्णय गरेको जानकारी दिदै राईले बागमतीले नेपाली मौलिक कथा बोकेको पनि बताइन । पत्रकार सम्मेलनमा चलचित्रका नायक शिव श्रेष्ठ, नायिका केकी अधिकारी, कञ्चन ठकुरी लगायतका कलाकारहरु उपस्थित भएका थिए ।

कार्यक्रममा बाल्दै नायक शिव श्रेष्ठले चलचित्र बागमती अन्तराष्ट्रिय स्तरको गुणस्तरीय चलचित्र बनेको दाबी गरे । उनले आफुले पहिलो पटक साउथ ईन्डियन निर्देशक र प्राविधिकसँग काम गर्दा खुसी महशुस गरेको जानकारी दिदै चलचित्र साउथ ईन्डियन तरिकाकै बनेको बताए । त्यस्तै नायिका केकी अधिकारीले आफु चलचित्र बागमतीमा खेल्न पाउनु नै सबैभन्दा ठुलो उपलब्धी रहेको बताइन । उनका अनुसार चलचित्र बागमती राम्रो बनेको छ ।

चलचित्रमा कञ्चन ठकुरी, राजेश हमाल, शिव श्रेष्ठ, मुकुन्द श्रेष्ठ, धुव्र कोइराला, केकी अधिकारी, रेनिशा रावत, दिपा मगर आदी कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । चलचित्रलाई साउथ ईन्डियन निर्देशक सन्नी केरलाले निर्देशन गरेका हुन् । चलचित्र बागमतीको कथा तथा शब्द विजय सत्याल तथा विम्भ अधिकारीको रहेको छ ।

चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द्व निर्देशन, संगीत यस राम, ज्योती घिमिरे र श्याम महर्जनको रहेको छ । यसोद्या राई, सुवर्ण महर्जन, अन्जना भारती सत्याल, सरस्वती दर्शनधारी र आयुषा दर्शनधारीले यो निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu